२०८१ पुष १२ गते १६:२९ विकासन्युज
काठमाडौं । आजको सूचना र प्रविधिको युगमा स्मार्टफोन अतिआवश्यक वस्तु बन्दै गएको छ । गाउँ होस् या सहर, हरेक ठाउँमा खोज्ने हो भने स्मार्टफोन नचलाउने सायदै भेट्न गाह्रो हुन्छ । बालबालिकादेखि बुढापाकासम्मको हातमा स्मार्टफोन देख्न सकिन्छ ।
स्मार्टफोनको प्रयोगले मानिसलाई सञ्चारप्रवाह गर्नेदेखि विभिन्न सूचना र जानकारी लिन ठूलो मद्दत पुगिरहेको छ । स्मार्टफोन आवश्यकता भएसँगै यसको माग पनि त्यही अनुसारले बढेको छ ।
कुनै समय स्मार्टफोन धनी र हुनेखाने वर्गले मात्रै प्रयोग गर्न सक्थे । कमजोर आर्थिक अवस्था भएकाहरूले स्मार्टफोन चलाउन सम्भव थिएन । तर आजको दिनमा बजारमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु सस्तो मूल्यदेखि लाखौं पर्नेसम्म उपलब्ध छन् ।
प्रयोगकर्ताले आफ्नो बजेटअनुसारको उत्कृष्ट क्वालिटीको फोन किन्न सक्छन् ।
यी हुन् साओमीका १५ हजारसम्ममा उपलब्ध मोडल
१. रेड्मी ए टु
नेपालमा एक वर्षअघि मात्रै बजारमा उपलब्ध भएको रेड्मी ए टु साओमीका विभिन्न मोडलमध्ये सबैभन्दा सस्तोमा उपलब्ध हुने स्मार्टफोन हो । कम्पनीले दुई जीबी र्याम र ३२ जीबी मेमोरी भएको रेड्मी ए टुको मूल्य १० हजार ४९९ रुपैयाँ तोकेको छ । यो फोनमा दुई वर्षको वारेन्टी रहेको छ ।
२. रेड्मी ए टु प्लस
रेड्मी ए टु प्लस र रेड्मी ए टुको उस्त–उस्तै विशेषता छन् । कम्पनीका अनुसार दुई जिबी र्याम र ३२ जीबी मेमोरी भएको ए टु प्लसको मूल्य ११ हजार ४९९ पर्छ । त्यस्तै, तीन जिबी र्याम र ६४ जीबी मेमोरी भएको यस मोडलको मूल्य ११ हजार ९९९ रुपैयाँ रहेको छ ।
३. रेड्मी ए थ्री
साओमीको सस्तोमा उपलब्ध हुने अर्को नयाँ मोडल हो रेडमी ए थ्री । कम्पनीका अनुसार रेड्मी ए थ्री दुई भेरियन्टमा उपलब्ध छन् । यो मोडल ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा उपलब्ध छन् । तीन जीबी र्याम र ६४ जिबी मेमोरी भएको यस मोडलको मूल्य ११ हजार ९९९ रुपैयाँ पर्छ । यसमा दुई वर्षको वारेन्टी रहेको छ ।
अर्को चार जीबी १२८ मेमोरी भएको यस मोडललाई प्रयोगकर्ताले १२ हजार ९९९ मा किन्न सक्छन् । यसमा पनि दुई वर्षको वारेन्टी छ ।
४.रेड्मी टुवेल्स सी
नेपाली बजारमा रेड्मी टुवेल्स सी तीन भेरियन्टमा उपलब्ध छन् । चार जीबी र्याम र ६४ जीबी मेमोरीको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ६ जिबी र्याम र १२८ जीबी मेमोरी भएको रेड्मी टुवेल्स सीलाई प्रयोगकर्ताले १५ हजार ९९९ मा खरिद गर्न सक्छन् ।
५. रेड्मी थर्टिन सी
शाओमीले रेड्मी टुवेल्स सीको सफलतापछि सार्वजनिक गरेको अर्को मोडल हो रेड्मी थर्टिन सी । बजारमा यस मोडलअन्तर्गतका तीन मोडलहरू उपलब्ध छन् । जसमा सबैभन्दा कम चार जीबी र्याम र १२८ जिबी मेमोरी रहेको रेड्मी थर्टिन सी मोडललाई ग्राहकले १३ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्छन् ।
यस मोडलअन्तर्गत ६ जीबी र्याम र १२८ जीबी मेमोरीको मूल्य १५ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम २५६ जीबी मेमोरीको १८ हजार ९९९ रुपैयाँ पर्छ ।
६. रेड्मी फोर्टिन सी
साओमीका रेड्मी फोर्टिन सीका तीन भेरियन्टहरू बजारमा उपलब्ध छन् । जसमध्ये ४ जीबी र्याम १२८ जीबी मेमोरी उपलब्ध रहेको यस मोडलको बजार मूल्य १३ हजार ९९९ रुपैयाँ पर्छ । रेड्मी फोर्टिन सीको अन्य भेरियन्टहरू ६ जीबी र्याम र १२८ जीबी मेमोरीको मूल्य १५ हजार ९९९ र ८ जीबी र्याम र २५६ मेमोरीको मूल्य १८ हजार ९९९ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.