अमेरिकाले एक शताब्दीमा प्रयोग गरेको सिमेन्टको मात्रा चीनले ३ सालमै सक्यो

  २०८१ पुष १२ गते १७:३६     विकासन्युज

काठमाडौं । चीन ठूला आयोजना निर्माणमा विशेषज्ञ छ । चीनले अनौठा-अनाैठा परियोजनामा हात हाली सारा संसारलाई चकित पार्दै आइरहेको छ । पछिल्ला वर्षहरूमा उसले पूर्वाधारमा ठूलो लगानी गरेको छ ।

सन् २०११ देखि २०१३ सम्म चीनमा जति सिमेन्ट खपत भएको थियो, त्यति नै अमेरिकामा सन् १९०१ देखि २००० अर्थात् १०० वर्षमा खपत भएको अनुमान छ ।

प्रतिवेदन अनुसार सन् २०११ देखि २०१३ सम्म चीनले ६.४ गिगाटन सिमेन्ट प्रयोग गरेको थियो । एक गिगाटन १,०००,०००,००० टन बराबर हुन्छ । यस अवधिमा चीनले ‘द थ्री गर्जेस ड्याम’ निर्माण गर्‍यो, जुन विश्वको सबैभन्दा ठूलो जलविद्युत केन्द्र मानिन्छ ।

मध्य चीनको याङ्त्जे नदीमा रहेको यो बाँध बनाउन १६ मिलियन टन सिमेन्ट प्रयोग गरिएको थियो । १९०१ र २००० को बीचमा अमेरिकामा धेरै ठूल्ठूला भवन, बाँधलगायतका विभिन्न परियोजना बनाइयो । तर सो अवधिमा त्यहाँ जम्मा ४ दशमलव ५ गिगाटन सिमेन्ट खपत भएको थियो ।

कस्तो छ चीनमा सिमेन्टको माग ?

आज चीन संसारको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक र उपभोक्ता हो । विश्वको ६० प्रतिशत सिमेन्ट चीनमा बनेको छ । विश्व खपतमा पनि यसको ६० प्रतिशत हिस्सा छ । गत वर्ष चीनले २ अर्ब १ करोड टन सिमेन्ट उत्पादन गरेको थियो भने बाँकी विश्वले २ अर्ब टन सिमेन्ट उत्पादन गरेको थियो ।

भारतको सिमेन्ट उत्पादन ४१ करोड टन रहेको छ । भियतनाम ११ करोड टनसहित तेस्रो र अमेरिका ९ करोड टनसहित चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.