सेयर बजारमा ५ अर्ब बढीको कारोबार, लघुवित्तमा लगानीकर्ताको आकर्षण

  २०८१ पुष १४ गते १५:२२     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार आइतबार ६९ कम्पनीको सेयर बढ्दा घट्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आज ३१६ कम्पनीको १ करोड १० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु बैंकको भएको छ । प्रभुको २६ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, जानकी फाइनान्सको १६ करोड ९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १५ करोड ३४ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड १३ लाख र रिभर फल्स पावरको ११ करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक लागेको छ । महिला लघुवित्त १० प्रतिशत र आत्मनिर्भर लघुवित्त ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

साथै, ५ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाईनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यस्तै, ३ वटा उपसूचकबाहेक अरू सबै उपसूचक राताम्मे रहेका छन् । उपसूचकमा माइक्रोफाइनान्स १.१२ प्रतिशत, म्युचल फन्ड ०.१८ प्रतिशत र अन्य ०.२९ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.