२०८१ पुष १४ गते १५:५५ विकासन्युज
काठमाडौं । हुन्डाई मोटर कम्पनीको अवार्ड विजेता हुन्डाई आयोनिक फाइभले विश्व कीर्तिमान कायम गरेको छ ।
आयोनिक फाइभले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो ।
अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाइ पुगेर आयोनिक फाइभले विश्व रेकर्ड बनाएको हो ।
समुद्री सतहबाट ५ हजार ७९९ मिटर उचाइमा अवस्थित रहेको लद्दाखको उम्लिङ लाबाट यात्रा सुरु भएको थियो भने केरलाको कुट्टानाडमा समाप्त भयो, जुन समुद्र सतहभन्दा तीन मिटर तल अवस्थित छ ।
आयोनिक फाइभले यो यात्रा १४ दिनमा पूरा गरेको थियो । यस अवधिमा गाडीले ४ हजार ९ सय किलोमिटर दुरी तय गरेको थियो । निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनिक फाइभले उत्कृष्ट यात्रा प्रदान गरेको उल्लेख छ ।
सबैभन्दा अग्लो स्थानको यात्रा सकिएसँगै आयोनिक फाइभ एक भरपर्दो, एडभान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम विद्युतीय कार रहेको पुष्टि भएको कम्पनीको दाबी छ ।
हुन्डाईको इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनिक फाइभले यसअघि विश्वभर थुप्रै अवार्डहरु आफ्नो नाममा लेखाउन सफल भएको छ ।
उपलब्धिको बारेमा बोल्दै हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक अनसु किमले भने, ‘हुन्डाई आयोनिक फाइभले गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्न पाउँदा हामीले गर्व गरेका छाैं । यो उपलब्धि हुन्डाईको नवप्रवर्तन, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।’
लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई आयोनिक फाइभ नेपालमा उपलब्ध गराउँदै आएको छ । लक्ष्मी हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.