२०८१ पुष १५ गते ७:४१ विकासन्युज
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।
लघुवित्तका अनुसार केही संस्थापक सेयरधनीहरूले १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् । जसको मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । यस आधारमा लघुवित्तको ३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।
लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.