६ कम्पनीको लाभांश पाउन आज सेयरधनी बन्नुपर्ने, कुनको कति ?

  २०८१ पुष १६ गते ७:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १६ गते अन्तिम दिन रहेको छ । लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, साना किसान विकास लघुवित्त, डिप्रोक्स लघुवित्त र शिवम् सिमेन्ट्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १६ गते बुकक्लोज गर्दैछन् ।

त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ६ कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २४ गते काठमाडौंमा २४औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते बालुवाटार काठमाडौंमा २०औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ ।

यस्तै, आइसिएफसि फाइनान्सले चुक्ता पुँजीको करसहित ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते २१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २३ गते भक्तपुरमा २३औँ वार्षिक साधारण सभा बिहान १० बजे आह्वान गरेको छ ।

यस्तै, डिप्रोक्स लघुवित्तले ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले पुस २६ गते सौराह चितवनमा २३औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।

यस्तै, शिवम् सिमेन्टले चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान ९ बजे साधारण सभा डाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.