२०८१ पुष १६ गते १०:५८ विकासन्युज
काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् ।
पुष १४ गते बसेको कम्पनी सञ्चालक समितिको बेठकले सीईओको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई पुष १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको लागि वित्तीय संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनीका सचिव दीपक न्यौपानेले जानकारी दिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.