शून्य ब्याजदरमै सीएफमोटोको ‘टु हन्ड्रेड फिफ्टी एनके’, २ वर्ष किस्तावन्दीको सुविधा

  २०८१ पुष १६ गते १०:५३     विकासन्युज

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई ० प्रतिशत ब्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो ‘टु हन्ड्रेड फिफ्टी एनके’ कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ ।

सीमित अवधिका लागि लागू गरिएको यस योजना पौष १६ गते देखि माघ १८ गते सम्म लागु हुने कम्पनीले जनाएकाे छ ।

न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । साथै यस योजनाले सरल कागजी प्रकृया रुचिअनुसारको किस्ताबन्दी योजना रोज्ने सुविधासमेत प्रदान गर्दछ ।

कम्पनीको भनाइअनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत ० प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ ।

बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ ।

कम्पनीले हालसालै उपत्यका लगायत बाहिरी जिल्लाका ग्यारेजवालाहरूलाई समेत २ दिने आफ्ना २५० सीसी तथा ४५० सीसीका बाइकहरूको तालिम सीएफमोटो चाइनाका ट्रेनरहरूमार्फत सन्चालन गरेको थियो ।

यसका साथै टु हन्ड्रेड फिफ्टी एनके नगदमा खरीद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँसम्म छुट, एक्सचेन्जमा ३० हजार र थप मूल्यांकनको साथै फ्री गिफ्ट, हेल्मेट, १ वर्षको लागि सीएफमोटोको पार्ट्स खरीदमा १० प्रतिशत छुटसमेत दिएको छ ।

सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनकेमा २४९.५ सीसीको सिंगल साइलाइनर इन्जिन दिइएको छ, जसले २०.५ किलोवाटको म्याक्सिमम पावर र २२ एनएमको टर्क उत्पादन गर्ने र यसमा डुअल च्यानल एबीएस, १२.५ लिटरको ट्यांक, आकर्षक डिजाइन तथा प्रविधि अपनाएको छ । जसले उक्त वाईकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ साथ अपग्रेडेड राइडको मज्जा लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.