२०८१ पुष १६ गते १५:१९ विकासन्युज
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार सेयर बजारमा २८ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज ३०८ कम्पनीको १ करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड रुपैयाँ बढीको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार प्रभु बैंकको भएको छ । प्रभुको ३५ करोड ९४ लाख रुपैयाँ बढीको करोबार भएको छ ।
साथै, नेपाल फाइनान्सको १७ करोड ८७ लाख, जानकी फाइनान्सको १४ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ९४ लाख रुपैयाँ बढीको करोबार भएको छ ।
मंगलबार उपसमूहमा अन्य सूचकको सेयर मूल्य ०.०६ प्रतिशतले बढेको छ । साथै, १२ वटा उपसचूक राताम्मे रहेकाे नेप्सेले जनाएको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.