पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

  २०८१ पुष १६ गते २०:२७     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य २ रुपैयाँ बढाएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा १६२ र अन्य क्षेत्रमा १६०.५० रुपैयाँ तोकिएको छ ।

यस्तै डिजेलको मूल्य काठमाडौं र दिपायलमा प्रतिलिटरको १५३ रुपैयाँ, सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ र अन्य क्षेत्रमा १५०.५० रुपैयाँ तोकिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगमको भनाइ छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.