८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, ५० प्रतिशतसम्म पाइने

  २०८१ पुष १८ गते ८:२०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन रहेको छ । लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (तराई), कालिका पावर, कालिका लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्तले पुस १९ गते र सूर्योदय वोमी लघुवित्तले पुस २१ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले यी ८कम्पनीको साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २९ गते काठमाडौंमा १७औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे बोलाएको छ ।

यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चुक्ता पुँजीको करसहित १.६८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.०९८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते डिल्लीबजार काठमाडौंमा ३०औँ वार्षिक साधारण सभा बिहान १० बजे डाकेको छ ।

यस्तै, हिमालयन डिष्टिलरीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते पर्सामा २४औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।

यस्तै, बोटलर्स नेपाल (तराई)ले ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । पुस २६ गते काठमाडौंमा ३८औँ वार्षिक साधारण सभा दिउँसो १२ गते डाकेको छ ।

यस्तै, कालिका पावरले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते भरतपुर चितवनमा ११ बजे साधारण सभा बोलाएको छ ।

यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते पोखरा, बुद्धचोकमा १५औँ वार्षिक साधारण सभा बिहान ९ बजे बोलाएको छ ।

यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न माघ ४ गते नुवाकोटमा १२औँ वार्षिक साधारण सभा साढे ११ बजे आह्वान गरेको छ ।

यस्तै, सूर्योदय वोमी लघुवित्तले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते १३औँ वार्षिक साधारण सभा ११ बजे डाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.