माछापुच्छ्रे बैंक र युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य १ हजार रुपैयाँ

  २०८१ पुष १८ गते ८:३४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ ।

बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा राखिएको थियो । तर, खरिद गर्न इच्छुक नभएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकेर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।

यस्तै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । लुवित्तका संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ ।

लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.