२०८१ पुष १८ गते १३:०७ विकासन्युज
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटको समयमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
यसअघि पुष १६ गते बैतडी, बझाङ, डडेल्धुरा र डोटीमा भूकम्प गएकाे थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.