बालगायक सचिन परियारको निधन

  २०८१ पुष १८ गते १३:४६     विकासन्युज

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।

सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो ।

भाइरल बालगायकका रूपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा छाएका छन् ।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडिओमा अभिनय गरेका थिए भने हास्य शृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रूमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘वरको छायाले’ उनले गाएका प्रमुख गीतहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.