२०८१ पुष १८ गते १५:१७ विकासन्युज
काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ४.६९ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज ३१५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ । प्रभु महालक्ष्मीको ४६ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख, हिमालयन डिस्टीलरीको ११ करोड ७८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज विकास बैंकमा आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै २.४० प्रतिशतले बढेकाे छ । फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.८७, जीवन बीमा ०.३७, उत्पादन ०.८०, निर्जीवन बीमा ०.७७ प्रतिशतले बढेकाे छ । व्यापार २.०३, अन्य १.८४, माइक्रोफाइनान्स ०.२१, लगानी ०.३३ तथा बैंकिङ ०.१५ प्रतिशतले घटेकाे छ ।
बिहीबार न्यादी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.