सिद्धार्थ बैंकका २ सेयरधनीले लगानी थपे, ५ जनाले बेचे सेयर

  २०८१ पुष १८ गते १६:४४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका दुई संस्थापक सेयरधनीले आफ्नो सेयर स्वामित्व बढाएका छन् । बैंकका ठूला संस्थापक सेयरधनी विरेन्द्रकुमार शाह र पूनम चन्द अग्रवालले थप सेयर खरिद गरेर आफ्नो स्वामित्व बढाएका हुन् । गत असारसम्म शाहसँग बैंकको १.५४ प्रतिशत अर्थात् २१ करोड ६९ लाख २८ हजार १ सय रुपैयाँ र अग्रवालसँग ०.९७ प्रतिशत अर्थात् १३ करोड ७३ लाख ४४ हजार २ सय रुपैयाँ सेयर स्वामित्व छ ।

जबकी अघिल्लो वर्ष शाहसँग ०.९९ प्रतिशत अर्थात् १३ करोड ९१ लख ५५ हजार ५ सय रुपैयाँ र अग्रवालसँग ०.९७ प्रतिशत अर्थात् १३ करोड ६४ लाख ५५ हजार ७ सय रुपैयाँ मात्रै सेयर स्वामित्व थियो ।

तर, गत वर्ष आधा दर्जन सेयरधनीले बैंकको सेयर बिक्री गरेर आफ्नो स्वामित्व घटाएको देखिन्छ । जसमा अशोक कुमार बाहेटी, मदन लाल केडिया, राजेश कुमार केडिया, विनय कुमार शाह माडवारी र विमल कुमार केडियाले बैंकको सेयर बिक्री गरेर स्वामित्व घटाएका हुन् ।

बैंकका अनुसार अशोक कुमार बाहेटीको १.४८ प्रतिशत अर्थात् २० करोड ८० लाख ९० हजार १ सय रुपैयाँ, मदन लाल केडियाको ०.७६ प्रतिशत अर्थात् १० करोड ७३ लाख ७८७ हजार ३ सय सेयर, राजेश कुमार केडियाको ०.७८ प्रतिशत अर्थात् ११ करोड ६५ हजार ५ सय रुपैयाँ, विनय कुमार शाह माडवारीको ०.५५ प्रतिशत अर्थात् ७ करोड ८१ लाख ५३ हजार ९ सय रुपैयाँ, विमल कुमार केडियाको ०.६५ प्रतिशत अर्थात् ९ करोड १६ लाख ३५ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व कायम राखेका छन् ।

जबकी अघिल्लो वर्ष अशोक कुमार बाहेटीको १.४९ प्रतिशत अर्थात् २० करोड ९४ लाख ६८ हजार ६ सय रुपैयाँ, मदन लाल केडियाको १.०८ प्रतिशत अर्थात् १५ करोड २३ लाख ८७ हजार ३ सय रुपैयाँ सेयर, राजेश कुमार केडियाको ०.८८ प्रतिशत अर्थात् १२ करोड ३७ लाख ६४ हजार १ सय रुपैयाँ, विनय कुमार शाह माडवारीको ०.७७ प्रतिशत अर्थात् १० करोड ८१ लख ५३ हजार ९ सय रुपैयाँ र विमल कुमार केडियाको ०.६६ प्रतिशत अर्थात् ९ करोड २६ लाख ३५ हजार रुपैयाँ सेयर स्वामित्व थियो ।

बैंकमा सबैभन्दा ठूलो सेयरधनी प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यस कम्पनीको बैंकमा ३.२३ प्रतिशत अर्थात् ४५ करोड ५३ लाख २३ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात् ४१ करोड ५७ लाख ३२ हजार ६ सय रुपैयाँ, रतनलाल कोडियाको २.४८ प्रतिशत अर्थात् ३४ करोड ९७ लाख ७० हजार ३ सय रुपैयाँ, सविता केडियाको १.९२ प्रतिशत अर्थात् २७ करोड १२ लाख ९ हजार २ सय रुपैयाँ, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत अर्थात् २५ करोड ५१ लाख ३० हजार ८ सय रुपैयाँ, पवन कुमार अग्रवालको १.७६ प्रतिशत अर्थात् २४ करोड ८४ लाख ९ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, सुवोध तोदीको १.५५ प्रतिशत अर्थात् २१ करोड ८३ लाख ६९ हजार ८ सय रुपैयाँ, नरपत सिंह जैनको १.४५ प्रतिशत अर्थात् २० करोड ५० लाख ६ हजार ४ सय रुपैयाँ, दिनानथ केडियाको १.४१ प्रतिशत अर्थात् १९ करोड ८१ लख ५९ हजार ७ सय रुपैयाँ, आदित्य केडियाको १.३९ प्रतिशत अर्थात् १९ करोड ६० लाख २४ हजार २ सय रुपैयाँ, महावीर इन्भेष्टमेन्ट प्रालिको १.३७ प्रतिशत अर्थात् १९ करोड २७ लाख ९९ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, तुषार तोदीको १.२८ प्रतिशत अर्थात् १८ करोड १ लाख ७१ हजार ५ सय रुपैयाँ, सुरेश कुमार रुंङगटाको १.२१ प्रतिशत अर्थात् १७ करोड ३ लाख ९२ हजार ८ सय रुपैयाँ, विनोद कुमार अग्रवालको ०.९४ प्रतिशत अर्थात् १३ करोड १७ लाख ५३ हजार ८ सय रुपैयाँ, भरत कुमार तोदीको ०.८७ प्रतिशत अर्थात् १२ करोड ३० लाख १६ हजार रुपैयाँ, राजकुमार टिब्रेवालाको ०.८१ प्रतिशत अर्थात् ११ करोड ३६ लाख ६४ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व छ ।

यस्तै, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत अर्थात् १० करोड ७१ लख १३ हजार १ सय रुपैयाँ, श्याम सुन्दर अग्रवालको ०.७५ प्रतिशत अर्थात् १० करोड ५३ लाख १६ हजार ७ सय रुपैयाँ, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत अर्थात् १० करोड १२ लाख ३० हजार रुपैयाँ, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत अर्थात् ९ करोड ५० लाख १२ हजार ५ सय रुपैयाँ, शशिकला अग्रवालको ०.६३ प्रतिशत अर्थात् ८ करोड ९२ लाख ९८ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, मनिष जैनको ०.६३ प्रतिशत अर्थात् ८ करोड ८९ लाख ९७ हजार ७ सय रुपैयाँ, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत अर्थात् ८ करोड ६४ लाख ५१ हजार १ सय रुपैयाँ, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३२ लाख ८८ हजार १ सय रुपैयाँ, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् ८ करोड २९ लाख ६३ हजार १ सय रुपैयाँ, सरोज शर्माको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ४८ हजार ९ सय रुपैयाँ र इन्दिरा राजभण्डारीको ०.५० प्रतिशत अर्थात् ७ करोड ३ लाख ८४ हजार ८ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.