२०८१ पुष १९ गते ७:५९ विकासन्युज
काठमाडौं । नयाँ वर्ष २०२५ को तेस्रो दिन पनि अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.९१ रुपैयाँ र बिक्रीदर १३७.५१ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत हिजो पुस १८ गते खरिदर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४१.३२ रुपैयाँ र बिक्रीदर १४१.९४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.३१ रुपैयाँ र बिक्रीदर १७१.०६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.८७ रुपैयाँ र बिक्रीदर १५१.५३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.०६ रुपैयाँ र बिक्रीदर ८५.४३ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९४.९२ रुपैयाँ र बिक्रीदर ९५.३३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३० रुपैयाँ र बिक्रीदर १००.७४ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७६ रुपैयाँ र बिक्रीदर १८.८४ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९९ रुपैयाँ र बिक्रीदर ४.०१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२७ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७० रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३६ रुपैयाँ र बिक्रीदर १२.४१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.७९ रुपैयाँ र बिक्रीदर ४४५.७३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.१५ रुपैयाँ र बिक्रीदर ३६४.७४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.६१ रुपैयाँ र बिक्रीदर ३५७.१६ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.