२०८१ पुष १९ गते ९:३९ विकासन्युज
काठमाडौं । सम्पदा लघुवित्तले ८ वटा शाखा कार्यालयहरु मार्फत आवद्ध सदस्यहरुलाई सिपमुलुक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा कार्यालयहरु क्रमशःमहराजगंज, कपिलवस्तु, रिमझिमचौक बाँके, औरही महोतरी, फेटाँ बारा, चरौदी धादिङ, जोशिपुर कैलाली, कोडैना सर्लाही र सर्केटारी स्याङजामा विभिन्न किसिमका सिपमुलुक तालिम सञ्चालन गरिएको छ । शाखा कार्यालय महराजगंज कपिलवस्तुमा व्यवसायिक तरकारी खेती रोग तथा किरा व्यवस्थापन तालिम सञ्चालन भएको र उक्त तालिममा ९० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
यसै गरी शाखा कार्यालय रिमरिभमचौकमा व्यवसायिक च्याउ खेती तालिममा ३४ जना, शाखा कार्यालय औरही महोतरीमा व्यवसायिक तरकारी खेती तथा नर्सरी व्यवस्थापन तालिममा ३० जना, शाखा कार्यालय फेटा बारामा मौसमी तरकारी खेती तथा किरा व्यवस्थापन तालिममा ४० जना, शाखा कार्यालय चरौदी धादिङमा व्यवसायिक तरकारी खेती, रोग किरा व्यवस्थापन तालिममा ४८ जना, शाखा कार्यालय जोशिपुर कैलालीमा व्यवसायिक च्याउखेती तालिममा ४२ जना, शाखा कार्यालय सर्केटारी स्याङजामा आर्गेनिक तरकारी खेती,रोग किरा व्यवस्थापन तालिममा ३१ जना र शाखा कार्यालय कोडैना सर्लाहीमा बेमौसमी तरकारीखेती, रोग किरा व्यवस्थापन तालिममा ४७ जना गरि ३६२ जना सहभागी सदस्यहरुलाई सिपमुलुक तालिम कार्यक्रम प्रदान गरेको हो ।
उल्लेखित तालिमहरुमा जिल्ला कृषि कार्यालय तथा अन्य संस्थामा सम्बन्धित बिषयमा दखल भएको प्रशिक्षहरुद्धारा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई तालिम पश्चात तालिमको प्रमाण–पत्र समेत प्रदान गरिएको थियो । वित्तीय संस्थामा आवद्ध अन्य शाखा कार्यालयहरुमा पनि तालिम लिएर सिप विकास गरि उद्यमी बन्न खोज्ने सदस्यहरुलाई लौट लौट गरि तालिम संचालन गरिने भनि वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए ।
वित्तीय संस्थाले हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालय मार्फत १ लाख ७८ हजार जना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ । हाल लगानीमा रहेको कर्जा रकम लगभग १० अर्बको हाराहारीमा रहेको कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.