२०८१ पुष १९ गते १०:२७ विकासन्युज
काठमाडौं । अस्ट्रेलियाको नयाँ कानूनले बुधबारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेको छ । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ ।
अस्ट्रेलियाका केही ठूला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७–इलेभेन जस्ता कम भुक्तानी घोटालामा संलग्न छन् । यद्यपि कम्पनी निर्देशकहरू हाल सिभिल कानूनअनुसार मात्र अनुसन्धान गर्न सकिन्छ । फेयर वर्क लेजिस्लेसन एमेन्डमेन्ट (क्लोजिङ लुफोल्स) ऐन २०२३ अन्तर्गत, सरकारी एजेन्सी फेयर वर्क ओम्बड्सम्यानले बेइमान रोजगारदातालाई १० वर्षसम्मको जेल सजाय र करिव ७.८३ मिलियन अस्ट्रेलियन डलर ९४.८७० सम्मको जरिवानासहितको नयाँ उपकरण प्रयोग गर्नसक्छ ।
नयाँ अपराध रोजगारदाताहरूलाई लागू हुनेछ । इमान्दार गल्ती वा गलत हिसावले ज्याला चोरी कसुरमा समातिने छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.