२०८१ पुष १९ गते ११:३७ विकासन्युज
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विभिन्न पदका लागि आवेदन खुलाएको छ । प्राधिकरणले कार्यकारी निर्दैशकदेखि साहायक प्रथमका लागि आवेदन माग गरेको हो ।
प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा र खुला, समावेशी प्रतियोगितात्मक लिखित परिक्षाबाट कर्मचारी परिपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ ।
जसअनुसार कार्यक्षमताको मूल्याङ्कद्वारा हुने बढुवा अन्तर्गत एक जना कार्यकारी निर्देशक, ४ जना निर्देशक र २ जना कानून तर्फको उपनिर्देशक सहित ५ जना उपनिर्देशकका लागि आवेदन खुलाएको हो ।
यसैगरी, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा अन्तर्गत एक जना उपनिर्देशक पदका लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ । खुला तथा समावेशी तर्फ १० जना साहायक निर्देशक र ४ जना सहायक प्रथमका लागि आवेदन माग गरिएको छ ।
सहायक निर्देशकका लागि स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने छ । यसैगरी, सहायक प्रथमका लागि स्नातक तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । आवेदन दिने अन्तिम मिति माघ १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर माघ २५ गतेसम्म आवेदन दिन सकिने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.