महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाले पाए ११ कित्ता

  २०८१ पुष १९ गते ११:४४     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुस १९ गते शुक्रबार सेयर बाँडफाँड गरेको हो ।

गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ४७ हजार ५ सय ४४ जनाले मात्र सेयर पाएका छन् । जसमध्ये मध्ये ९ जनाले ११ कित्ता सेयर पाएका छन् भने एक जनाले १०.१५ कित्ता सेयर पाएका छन् । बाँकिले भने १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले पुस ५ देखि पुस ९ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर निष्काशन गरेको थियो ।

एफपीओमा कुल १६ लाख ९२ हजार १ सय ६ जनाले आवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.