जनता दुब्लाउँदै जाने अनि बैंक मोटाउँदै जाने प्रवृत्ति ठीक छैन: मन्त्री भण्डारी

  २०८१ पुष १९ गते १३:३६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक रूपान्तरणमा बैंकले ध्यान नदेको आरोप लगाएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंक तथ्यांकमा मात्रै रमाउनु उपयुक्त नभएकाे बताए ।

उनले भने, ‘सबै पालिकामा बैंकको पहुँच छ । तर सामाजिक भत्तामात्रै बाँड्ने काम गरे । आर्थिक रूपान्तरणमा बैंकले ध्यान दिएनन् ।’

मन्त्री भण्डारीले जनता दुब्लाउँदै जाने अनि बैंक मोटाउँदै जाने प्रवृत्ति ठीक नभएकाे बताए । साथै उनले नेपालका बैंकहरू एक ठाउँबाट मुनाफा भएन भने अर्को क्षेत्रबाट मुनाफा लिन खोज्ने आरोपसमेत लगाए ।

उनले अहिले अर्थतन्त्र सुधार मात्रै नभएर सरकारले आफैभित्र सुधारको काम गरिरहेको बताए ।

मन्त्री भण्डारीले भने, ‘राष्ट्रिय चुनौती समाधान गर्न समस्या खोजिरहेका छौं । जटिलता र चुनौतीलाई सम्भावनामा बदल्न सकेनौं । वित्तीय सुधारले धेरैले सुधार राख्ने गर्छ । हामीहरू सम्भावनालाई लत्याउँदै अन्यत्र बरालिनुपरेको छ । गाउँबाट सहर र सहरबाट विदेश जाने परिपाटी छ, जसले सम्भावनालाई लत्याएको देखिन्छ ।’

उनले सरकारले बनाएका नीति नै अहिले काम गर्न अवरोध बनेकाे पनि बताए ।

उनले भने, ‘हाम्रा नीति नियन्त्रित किसिमका नीति बनेका छन् । एउटा ऐनले अर्को ऐनले चिन्दैन । यस्ता जटिलतालाई सहज गर्न अहिलेको सरकारले काम गरिरहेको छ ।’

विज्ञहरूको एकै स्वर- बैंकिङ क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोजौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.