एआईको चिप बनाउने एनभीडीयाको कमाल, एकै वर्षमा मस्कको नेटवर्थभन्दा पाँच गुणा कमाइ

  २०८१ पुष १९ गते १३:५४     विकासन्युज

काठमाडौं । अमेरिकी एआई (कृत्रिम बाैद्धिकता) चिप निर्माता एनभीडीया गत वर्ष सबैभन्दा धेरै मार्केट क्याप वृद्धि भएको कम्पनी थियो ।

यस अवधिमा कम्पनीको सेयर १७० प्रतिशतले बढेकाे छ र यसको बजार पुँजी लगभग २ ट्रिलियनले पुगेको छ । यो विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति (४१५ बिलियन) भन्दा झन्डै पाँच गुणा हो ।

एनभीडीया एप्पलपछि विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी हो । एआईमा विश्वको बढ्दो चासो र विभिन्न उद्योगहरूमा एआई केन्द्रित चिप्सको बढ्दो मागले एनभीडीयाको सेयरमा ठूलो वृद्धि ल्याएकाे हाे ।

कम्पनीको बजार मूल्य २०२३ को अन्त्यमा १.२ ट्रिलियन थियो, जुन २०२४ को अन्त्यमा ३.२८ ट्रिलियन पुग्याे । २०२३ मा कम्पनीको सेयर २४० प्रतिशतले बढेकाे थियाे ।

एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो, यसको मार्केट क्याप ४ ट्रिलियन डलर नजिक पुगेको छ । कम्पनीले एआईमा फोकस गरेको छ, जसले यसको बिक्री अझ बढाउने अपेक्षा गरिएको छ । यही कारण कम्पनीमा लगानीकर्ताको चासो बढेको छ।

माइक्रोसफ्ट ३.१ ट्रिलियन मार्केट क्यापसहित विश्वको तेस्रो सबैभन्दा मूल्यवान कम्पनी रहेकाे छ । यसैगरी, गुगलकाे मूल कम्पनी अल्फाबेट इंक र अमेजनको लगभग २.३ ट्रिलियनकाे मूल्य छ । साउदी आरामको, फेसबुक, टेस्ला, ब्रोडकम र टीएसएमसी शीर्ष १० मा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.