स्वास्थ्य बीमा बोर्ड : ४ महिनादेखि अध्यक्ष र २ महिनादेखि कार्यकारी निर्देशक विहीन

  २०८१ पुष १९ गते १५:५२     विकासन्युज

काठमाडाैं । लामो समयदेखि स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन भएको छ । बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त भएको लामो समय भइसकेको छ ।

गत भदौ १८ गते तत्कालीन अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएर बोर्डबाट बाहिरिएका थिए । त्यसैगरी, गत कार्तिक २५ गतेदेखि तत्कालीन कार्यकारी निर्देशक डा. दामोदर बसौलाको ४ वर्षे कार्यकाल सकिएर बोर्डबाट बाहिरिएका थिए ।

यसर्थ बोर्डमा अध्यक्ष पद रिक्त भएको ४ महिना र कार्यकारी निर्देशकको पद रिक्त भएको २ महिना भएको छ । महिनौंसम्म अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त हुँदा पनि सकारले नयाँ नियुक्तिका लागि केही पहलसमेत गरेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कार्यकारी निर्देशकको आवेदन खुलाउने प्रक्रिया भइरहेको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ का केही बुँदाहरू संशोधन गर्नु परेकाले कार्यकारी निर्देशकको आवेदन खुलाउन ढिला भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकिले जानकारी दिए ।

उनका अनुसार संसोधनका लागि ड्राफ्ट मन्त्रिपरिषदमा पुगिसकेको छ । मन्त्रिपरिषदको बैठकले संसोधन गरेपछि कार्यकारी निर्देशकको आवेदन आह्वान हुने उनले बताए ।

बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्येबाट सर्टलिष्टमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ति गर्ने व्यवस्था रहेको छ । यसैगरी, अध्यक्षको नियुक्ति पनि मन्त्रिपरिषद बैठकले नै गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.