इटहरीमा यामाहाको क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिता सम्पन्न

  २०८१ पुष १९ गते २०:१४     विकासन्युज

काठमाडौं । यामाहा नेपालले इटहरीमा रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउनेक्रममा इटहरीमा उक्त आयोजना गरेको हो ।

प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता थियो । प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए ।

शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो । विराटचोकस्थित बि ७ बि अटो ट्रेडर्सका चुडामणि आचार्य बिजते बने भने फत्तेपुरस्थि जेनिशा अटोमोबाइल ट्रेडर्सकी कृतिका घिमिरे पहिलो रनर–अप बनिन् । यस्तै, इलामको पाथीभरा अटो प्यालेसकी मिरा सापकोटा दोस्रो रनर–अप बनिन् ।

प्रतियोगितामा मेची कोशीका यामाहा डिलरसिपको सहभागिता रहेको थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरूमध्ये बिजेता, पहिलो रनर–अप, दोस्रो रनर–अपहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले बिजेता, पहिलो रनर–अपर दोस्रो रनर–अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे । सहभागीहरूका कडा परिश्रमको प्रशंसा गर्दै उनले उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले सशक्त बनाउने बताए । प्रतियोगिताले विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढावा मिल्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.