७३ करोडको लागतमा डेढगाउँ-झ्यालबास सडक बन्दै, कालिगण्डकी करिडोरमा जोडिने

  २०८१ पुष २० गते १६:१८     विकासन्युज

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ-झ्यालबास सडकको तीन खण्डमा ७३ करोड रुपैयाँ बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए ।

गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला-त्रिवेणी सडक खण्डअन्र्तगत नवलपुरको डेढगाउँ-झ्याबास सडकको तेस्रो खण्डमा हालै १४ करोड ९९ लाख ९६ हजार ५२८ रुपैयाँको लागतमा काम अघि बढेको लागेको पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख आचार्यले बताए । ककरिब ५ किलोमिटर सडक निर्माण गर्ने गरि काम अघि बढेको उनले बताए ।

डेढगाउँ-झ्यालबास सडकको पहिलो खण्डमा १४ किलोमिटर सडक निर्माण, पक्कि नाला बनाउने काम, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने तयारी सहितको भइरहेको कार्यालय प्रमुख आचार्यले बताए । विस २०७९ वैशाखमा सम्झौता भएर पहिलो खण्डको निर्माणको काम चलिरहेको छ । पहिलो खण्डको लाग ३२ करोड २० लाख रुपैयाँ रहेको छ ।

यसै सडकको दोस्रो खण्डमा सात किलोमिटर सडक निर्माणको काम चलिरहेको छ । २५ करोड ८६ लाख ९४ हजार रुपैयाँको लागतमा यस खण्डमा विस २०८१ वैशाखमा सम्झौता भएर काम चलिरहेको कार्यालय प्रमुख आचार्यले बताए ।

नवलपुरको उत्तरतर्फ डेढगाउँबाट प्रारम्भ हुने यस सडक रुचाङ-झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । डेढगाउँदेखि झ्यालबाससम्म ४१ किलोमिटर मध्य हाल तीन खण्डमा गरेर करिब २६ किलोमिटर क्षेत्रमा काम अघि बढिरहेको छ । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमश सबै खण्डको काम अघि बढ्ने कार्यालय प्रमुख आचार्यले बताए ।

झ्यालबासदेखि चोरमारासम्म नौ किलोमिटर सडक यस अघिनै निर्माण सम्पन्न भएको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्किबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य रहेको छ । तर दुम्किबास-त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन ।

यो सडक नवलपुरको डेढगाउँमा कालिगण्डकी करिडोरमा जोडिन्छ । डेढगाउँबाट भिमाद-खैरेनिटार हुँदै यस सडकले प्रदेश राजधानी पोखरासमेतलाई जोड्दछ । मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस सडकलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.