२०८१ पुष २१ गते १३:२८ विकासन्युज
काठमाडौं । डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन् । उनको शपथग्रहण समारोहका लागि पैसा चन्दा दिने कम्पनी र धनी व्यक्तिबीच प्रतिस्पर्धा चलिरहेको छ ।
अब यो सूचीमा विश्वकै मूल्यवान कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक पनि सामेल भएका छन् । मिडिया रिपोर्टका अनुसार कुकले ट्रम्पको सपथ ग्रहण समारोहका लागि १० लाख डलर दिने घोषणा गरेका छन् ।
यस कार्यक्रमका लागि अहिलेसम्म धेरै कम्पनीहरूले चन्दा घोषणा गरेका छन् । यसमा अमेजन, ओपन एआई, उत्तरी अमेरिकाको टोयोटा मोटर र क्रिप्टोकरेन्सी कम्पनीहरू क्राकेन, रिपल र ओन्डो समावेश छन् ।
यद्यपि अमेरिकामा सबैभन्दा बढी कर तिर्ने टीम कुकको कम्पनी एप्पलले चन्दा दिने अपेक्षा गरिएको छैन । एप्पलले भर्खरै मुद्दा सुल्झाउन ९.५ करोड तिर्नुपरेको छ । कम्पनीलाई भर्चुअल असिस्टेन्ट सिरीको सहयोगमा आइफोन र अन्य डिभाइसहरू प्रयोग गर्ने मानिसहरूको कुराकानी सुनेको आरोप लगाइएको थियो । तर, कम्पनीले आफ्नो सम्झौतामा कुनै गल्ती गरेको स्वीकार गरेको छैन ।
कसकसले गरे दान ?
टोयोटा मोटर नर्थ अमेरिकाले ट्रम्पको उद्घाटनका लागि १० लाख डलर दान गर्दैछ । फर्ड मोटर र जनरल मोटर्सले समान रकम दान गरेका छन् । अमेरिकी अटो कम्पनीहरूले यस कार्यक्रमको लागि सवारीसाधनहरू दान गरिरहेका छन् ।
रिटेल ट्रेडिङ प्लेटफर्म रोबिनहुड मार्केट्सले २० लाख डलर दान गरेको छ । उबर टेक्नोलोजी र यसका सीईओ दारा खोसरोशाहीले १०-१० लाख डलर दान गरेका छन् । अमेजनले पनि १० लाख डलर दान गरेको छ । साथै कम्पनीले आफ्नो ओटीटी प्लेटफर्म प्राइम भिडियोमा कार्यक्रमलाई लाइभ स्ट्रिम गर्नेछ ।
फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मले पनि यस कार्यक्रमका लागि १० लाख डलर सहयोग गरेको छ । सिटाडेल एलएलसी हेज फण्डका संस्थापक केन ग्रिफिनले पनि १० लाख डलर दान गर्ने योजना बनाएका छन् । ग्रिफिनले चुनावअघि ट्रम्पको राष्ट्रपति अभियानमा चन्दा दिएका थिएनन् ।
ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहको तयारीका लागि विशेष प्यानल गठन गरेका छन् । यो एक गैर-लाभकारी संस्था हो र असीमित चन्दा स्वीकार गर्ने अधिकार प्राप्त गर्दछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.