सामसङले सार्वजनिक गर्‍यो २ नयाँ बिस्पोक एआई वाशिङ मेसिन

  २०८१ पुष २१ गते १३:३२     विकासन्युज

काठमाडाैं । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई-वाश र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार स्मार्टथिङ्स एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ ।

यसका साथै धुलाइकाे किसिमलाई बुझी एआई पर्सनलाइजेसन सुविधाले उपयुक्त धुलाइ साइकल पनि सुझाउँछ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराइलाई ६०० एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाइलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको कम्पनीले बताएको छ ।

१२ केजी लाइन-अप दुईवटा फरक मोडलहरूमा उपलब्ध छ । यी दुवै मोडलहरूको मूल्य क्रमशः १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रुपैयाँ रहेको छ।

यस वाशिङ मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्यभरि उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.