प्रहरीले संकलन गर्याे २ अर्ब २४ करोड बढी राजस्व

  २०८१ पुष २२ गते ८:२७     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/  x८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट २ अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो ।

प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड ७ लाख रुपैयाँ, अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख रुपैयाँ, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख रुपैयाँ र अवैध मुद्रा बरामद गरी ४ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी स्रोत नखुलेको २ करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट १ करोड ८३ लाख रुपैयाँ, अवैध काठ बरामदबाट १ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट १ करोड १६ लाख रुपैयाँ र अवैध नदीजन्य उत्खननबाट ९२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.