स्मार्ट क्युआरमार्फत हुने कारोबारवापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।
२०८१ पुष २२ गते ९:५० विकासन्युज
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा.लि.) बीच सहकार्य भएको छ । दुई कम्पनीबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको हो ।
सम्झौतासँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्युआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्छ । साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्युआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा पनि लिन सक्छन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्ट्यान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो ।
एससीटी र हाम्रो पेबीचको सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले हस्ताक्षर गरे ।
स्मार्ट क्युआरमार्फत हुने कारोबारवापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.