बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

  २०८१ पुष २२ गते १०:२३     विकासन्युज

काठमाडौं । विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त शान्तिनगर स्थित बानेश्वर बहुमुखीक्याम्पस द्वारा आयोजित अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत विभिन्न प्रतियोगिताका विजयी सहभागीलाई आइतबार एक समारोहबीच पदक र प्रमाण पत्र वितरण गरिएको छ ।

समारोहमा बोल्दै क्याम्पस प्रमुखप्रा.डा. घमानसिंह खड्काले पठनपाठनलाई प्राथमिकता दिँदै क्याम्पसले विद्यार्थीको शारिरीक र मानसिक विकास लागि बौद्धिक एवं खेलकुद प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको बताए । सो अवसरमा क्याम्पस प्रमुखप्रा.डा. खड्काले पु्रस्कृत विद्यार्थीको प्रतिभाको कदर गर्दै बधाई ज्ञापन गरेको थिए ।

समारोहमा क्याम्पस क्याम्पस प्रमुख प्रा डा. खड्का र क्याम्पस सञ्चालक समितिअध्यक्ष हरिबोल भट्टराइले विद्यार्थीलाई पदकतथा प्रमाण वितरण गरेका थिए । सो अवसरमा सञ्चालक समिति सदस्यप्रा. डा. केदार न्यौपाने , अतिरिक्त क्रियाकलाप प्रमुख प्रा. डा कष्णदेव यादव , प्राध्यापक संघका सभापति रामेश्वर काफ्ले, कार्यक्रम संयोजक अर्जुन कुमार आचार्य, देवचन्द्र श्रेष्ठ , विभागीय प्रमुख प्रा. राजेन्द्र प्रसाद दाहाल, प्रा. डा विष्णु प्रसाद राई , प्रा. धु्रवकुमार न्यौपाने , परशुराम भट्टराई लगायत प्राध्यापक र विद्यार्थीको उपस्थिति रहेको थिए ।

कार्यक्रममा कविता प्रतियोगितातर्फ अम्बिका न्यौपाने, अप्सरा पोखरेल, यमुना उपाध्याय र रोशनसिंह भण्डारीलाई क्रमशःपहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । नृत्य प्रतियोगितामा प्राप्ति खरेल प्रथम, प्रतिमा राना मगर द्वितीय र सुनिधिगिरीले तृतीय पु्रस्कार प्राप्त गरेकी छन् । स्ट्याण्ड अप कमेडी प्रतियोगितामा सबिन खड्का पहिलो र विनोद ओझा दोस्रो, शिवलालअधिकारी तेस्रो र शत्रुघन कुमार शाहले चौथो पुरस्कार हासिल रहेको थिए । हाजिरी जवाफ प्रतियोगितामा दिपेन कटुवाल, निर्मला दर्लामी मगर र नारद बोहराको समूहले प्रथमपुरस्कार प्राप्त गरेको छ । यमुना उपाध्याय, संगीता भट्ट्राई र अम्बिका न्यौपानेको समूहद्वितीय भएको छ । त्यसैगरी रोहित क्षेत्री, दिलन राई र मौसम गौतमको समूह तृतीय पुरस्कार हासिल गरेकोे छ ।

टेबल टेनिस प्रतियोगितामा छात्रतर्फ रोशन घिमिरे, प्रभातपौडेल, उमेश गुरुङ्गले क्रमशःपहिलो, दोस्रो र तेस्र पुरस्कार प्राप्त गरेका थिए । सोही प्रतियोगिताको छात्रातर्फ सुजा श्रेष्ठ प्रथम , सरिना मगर द्वितीय र मनिषा नेपालीले तृतीय भएकी छन् । ब्याडमिन्टन प्रतियोगिताको छात्रातर्फ सृष्टि शाह, मिलीश्रेष्ठ र यमुना उपाध्याय क्रमशःप्रथम, द्वितीय र तृतीय भएकी छन् । छात्रतर्फ रामशाह पहिलो, इन्द्रसिंह ठकुरी दोश्रो र आयुहाङ्ग राईले तेस्रो पुरस्कारहासिल गरेकी छन् । भलिबल प्रतियोगितामा किशोर शाही, अशोक क्षेत्री, सुरेन परियार, जीवनआउजी, अशोक साउँद, लोकेश घर्तीमगर, सागर राई दनुवार, सुर्जन ताम्राकार र शिव नेपालीको समूह प्रथम पुरस्कार पाएको छ ।

त्यस्तै, समीर नेपाली, विकास खत्री, राजकुमार रोकाया, टेकेन्द्र रोकाया, ललित बिक, वसन्तबोहरा, रुपेश नेपाली, राजेश नेपाली र उज्जवल श्रेष्ठको समूहले द्वितीय पुरस्कार हासिल गरेको छ । भलिबल प्रतियोगितामा छात्रातर्फसृष्टि आलेमगर, झरना राई, सुस्मिता वराल, रुविना साउँद, अप्सरा कार्की, लक्ष्मी बुढाथोकी, पूजाअधिकारी, यशोदा कार्की र मोहिनीथापाको समूह पहिलो भएको छ । त्यसैगरी टिकेश्वरी बोहोरा, विमलान्यौपाने, मुनाबोहोरा, तमै तामाङ, आशाथापा, विपना भण्डारी, प्रतिभा खड्का, अस्मिताबोहरा र एलिशा खड्काको समूहले दोस्रो पुरस्कार प्राप्त गरेको छ ।

कार्यक्रमको सञ्चालन उपप्राध्यापक दीपक बाबु निरौलालले गरेका थिए । उक्त क्याम्पसमा हाल स्नातकतहमा बीबीएस, बीए र बीएड् तथा स्नातकोत्तरतर्फ एमए (समाजशास्त्र), एमबीएस एवं एमएड् ( स्वास्थ्य शिक्षा र शैक्षिक व्यवस्थापन तथा सुपरीवेक्षण) कार्यक्रम लगाएत कक्षा ११ र १२ का कक्षा समेत सञ्चालन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.