नेपाल मुद्रा विप्रेषक संघ नेतृत्वमा रितेश मित्तल

  २०८१ पुष २२ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको १९औं वार्षिक साधारणसभाबाट नेपाल रेमिट इन्टरनेसनल प्रालिका प्रतिनिधि मित्तल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

संघ उपाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल र महासचिवमा आईएमई लिमिटेडका दिवाकर पौडेल, कोषाध्यक्षमा एटीटी रेमिटका सञ्जीवकुमार पाठक र सचिवम प्रभु मनी ट्रान्सफरका रामेश्वर सापकोटा चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा सिद्धार्थ बैंकका विमल महत, ग्लोबल आईएमई बैंकका श्यामप्रसाद लामिछाने, प्रभु बैंकका मधुसुदन न्यौपाने र यूनाइटेड रेमिटका सुदन सिं सिलवाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.