२०८१ पुष २२ गते १२:४८ विकासन्युज
काठमाडौं । केही व्यक्तिले आफ्नो जीवनको ठूलो हिस्सा ठूलो कम्पनी बनाउन खर्च गर्छन् । कतिपय यस्ता छन् जसले सानै उमेरमा ठूलो कम्पनी बनाएर बेच्छन् । तीमध्ये विनय हिरेमठ पनि एक हुन् । तर विनयले कम्पनी बेच्नुको कारण निकै अनौठो छ ।
आफ्नी प्रेमिकासँग ब्रेकअपपछि उनले कम्पनी बेचेका थिए । उनले आफ्नो कम्पनी ९७५ मिलियन डलर (लगभग १३, ५०० करोड रुपैयाँ) मा बेचेका छन् । कम्पनी बेचेपछि यो पैसाको म के गरूँ भन्दै उनले सोधिरहेका छन् ।
को हुन् विनय हिरेमठ ?
३३ वर्षीय विनय हिरेमठ भारतीय मूलका व्यापारी हुन् र अमेरिकामा बस्छन् । उनी लूम कम्पनीका सह-संस्थापक हुन् । उनले सन् २०२३ मा आफ्नो स्टार्टअप ९७५ मिलियन डलरमा बेचे । यो एटलासियनद्वारा खरिद गरिएको थियो ।
विनय आफ्नो कम्पनी बेचेर रातारात अर्बपति बने । अहिले उनले लामो ब्लग लेखेका छन् । जसमा उनले आफ्नो जीवनमा भइरहेको परिवर्तनका बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् ।
के छ ब्लगमा ?
विनयले ब्लगमा लेखेका छन्, ‘म धनी व्यक्ति बनेको छु । अब जीवनमा म के गरूँ बुझ्न सक्दिनँ । गत वर्ष मेरो लागि धेरै गाह्रो थियो । गत वर्ष कम्पनी बेचिसकेपछि म अब फेरि कहिल्यै काम नगर्ने अनौठो स्थितिमा छु । म हरेक कुरामा नयाँ कुरा पाउँछु, तर प्रेरणादायी होइन । मैले पहिले नै यति धेरै पैसा कमाएको छु कि मलाई के गर्ने थाहा छैन ।’
प्रेमिकासँग ब्रेकअप
विनयले ब्लगमा आफ्नी प्रेमिकाको बारेमा पनि लेखेका छन् । उनले लेखेका छन्, ‘मेरी प्रेमिकासँग दुई वर्षदेखि निकै सौहार्दपूर्ण सम्बन्ध थियो । तर असुरक्षाका कारण उनले मसँग ब्रेकअप गरिन् । यो एकदम दु:खपूर्ण थियो ।’
विनयले ब्लगमा आफ्नी प्रेमिकासँग माफी पनि मागेका छन् । उनले आफ्नी प्रेमिकाका लागि लेखेका छन्, ‘सबै कुराको लागि धन्यवाद । मलाई माफ गर, म तिमीलाई चाहिएको हुन सकिन ।’
कम्पनीको प्रस्ताव
विनयको कम्पनी लूम किन्ने व्यक्तिले विनयलाई सीटीओको पद र ६ करोड डलरको प्याकेज प्रस्ताव गरेका थिए । विनयले एटलासियनको यो प्रस्तावमा आफूले कुनै निर्णय गर्न नसक्ने बताए । विनयले आफू एलन मस्क जस्तै बन्न चाहेको पनि लेखेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.