पौडेल बने ‘वर्ष उत्कृष्ट कर्मचारी’, भारतीलाई टिम च्वाइस अवार्ड

  २०८१ पुष २२ गते १२:४७     विकासन्युज

काठमाडौं । विकास मिडिया प्रालिद्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिकको १९औं वार्षिकोत्सवमा महेशकुमार पौडेल ‘इम्प्लोई अफ दि एअर’ अर्थात् वर्षभरिको उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भएका छन् ।

विगत चार वर्षदेखि विकास मिडिया प्रालिमा कार्यरत पौडेललाई मिडियाले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो । उनले मल्टिमिडिया सम्हाल्दै आएका छन् ।

उनी मेडल र १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए ।

यस्तै, विकास मिडियाले कार्यक्रममा टीम च्वाइस अवार्ड पनि प्रदान गरेको छ । विकास मिडियामा कार्यरत कर्मचारीहरूबीच भोटिङमार्फत् चयन हुने अवार्ड मार्केटिङकी पविता भारतीले प्राप्त गरिन् ।

कर्मचारीहरूले भारतीलाई बढी मत दिएर पुरस्कृत गराएका हुन् । उनले मेडलसहित नगद १० हजार रुपैयाँ प्राप्त गरिन् ।

विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेलले कर्मचारीको क्षमता विकास तथा सीप अभिवृद्धिमा संस्थाले कुनै कम्प्रमाइज नगरेर काम गर्ने बताए । उनले विकास मिडियाले विगत १८ वर्षको अवधिदेखि संस्थागत अभ्यास गरेर मिडिया इन्ड्रष्टीका रूपमा एउटा पायोनियर संस्थाको रूपमा स्थापित हुनुमा कर्मचारीको ठूलो भूमिका रहेको बताए ।

विकास मिडिया प्रा.लि.द्वारा सञ्चालित देशविकास आर्थिक साप्ताहिक १८ वर्ष पुरा गरेर १९ वर्षमा प्रवेश गरेको छ । संस्थाले यो अवसरमा विकास नायकको थिममा म्यागेजिन पनि प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.