२०८१ पुष २२ गते १४:४० विकासन्युज
काठमाडौं । ह्यात होटल्स कर्पोरेशन र सिटी होटल लिमिटेडले संयुक्त रूपमा ‘ह्यात प्लेस काठमाडौं’ अब ‘ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं’मा रूपान्तरण भएको घोषणा गरेको छ ।
यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ । काठमाडौं सहरको मुटुमा अवस्थित यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँगै आधुनिक आराम दिने जनाइएको छ ।
सिटि होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्यानले ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी सेवा प्रदान गर्न उत्साहित भएकाे बताए ।
उनले भने, ‘हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौं । सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ ।’
होटलको लबीलाई यात्रुलाई स्वागत सत्कार गर्न, खुला सामाजिक स्पेसको रूपमा प्रस्तुत गरी खोजीको केन्द्रको रूपमा पुनःपरिकल्पना गरिएको छ ।
यसैगरी, होटलको प्रवेशद्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्व र मूर्ति राखी डिजाइन गरिएको छ । जानकार कर्मचारीले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्याउन ज्ञान बाँड्न सदैव तयार रहने छन् ।
यसैगरी, ८ हजार ६०० वर्ग फिटभन्दा बढीको आवश्यकताअनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थान, खानपान सेवा, सुविधाहरूसहित उपलब्ध छ । १० देखि ६०० व्यक्ति अटाउने यी स्थान बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् ।
त्यस्तै, सेन्ट्रिक लाउन्जमा स्थानीय र अतिथिले विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल, र स्थानीय स्वादले प्रेरित परिकारहरूको साथमा रमाउन सक्दछन् ।
होटलमा पुरा दिन सञ्चालन हुने रेस्टुरेन्ट नून पनि छ । त्यसैगरी, जिङ स्काई पूल बार र डेक पनि छ ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंको १५३ कोठाहरू उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ । यस होटल अतिथिहरूलाई निःशुल्क वाइफाइ तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने मनसायले बनेको छ ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा उत्साहित भएकाे बताए ।
‘अतिथिहरूलाई तथा वर्ल्ड अफ हयात सदस्यहरूलाई नेपालको पहिलो हयात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रो लक्ष्य काठमाडौंको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु हो ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.