२०८१ पुष २२ गते १५:३३ विकासन्युज
काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा हरियाली छाएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहारो अंकले बढेको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार २२६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३१२ कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २९ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, साहस ऊर्जाको १३ करोड ६५ लाख, पीपुल्स हाइड्रोपावर कम्पनीको १३ करोड ५८ लाख, डोटी पावर कम्पनीको १२ करोड २ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७० प्रतिशत, साहास ऊर्जा लिमिटेडको सेयर मूल्य ८.७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस्तै, आज सबै उपसमूहको सेयर हरियाे रहेकाे नेप्सेले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.