२०८१ पुष २२ गते १६:५२ विकासन्युज
काठमाडौं । इटालीले सरकारलाई सुरक्षित दूरसञ्चार उपलब्ध गराउनका लागि एलन मस्कको स्पेसएक्ससँग १.५ बिलियन यूरो (१.५५ बिलियन डलर) को सम्झौतामा अग्रिम वार्ता गरिरहेको ब्लूमबर्ग न्यूजले उल्लेख गरेको छ ।
यस विषयमा छलफल चलिरहेको र अन्तिम सम्झौता नभएको स्रोतले जनाएकाे छ । यद्यपि यो परियोजनालाई इटालीको गुप्तचर सेवा र रक्षा मन्त्रालयले अनुमोदन गरिसकेको छ ।
यो परियोजनाले सरकारी टेलिफोन र इन्टरनेट सेवाहरूको लागि उच्चस्तरीय इन्क्रिप्शन, भूमध्यसागर क्षेत्रमा इटालियन सेनाका लागि सञ्चार सेवा, र आतंकवादी आक्रमण वा प्राकृतिक प्रकोपजस्ता आपतकालीन अवस्थाहरूमा उपग्रह सेवाहरूको प्रयोग समावेश गर्नेछ ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आइतवार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडाको मार-ए-लागो निवासमा अचानक भ्रमण गरेपछि यो समाचार आएको हो ।
मेलोनी र अर्बपति एलन मस्कसँग घनिष्ठ सम्बन्ध छ । पाँच वर्षे उक्त सम्झाैता पारित हुने बुझिएको छ ।
यी पनि पढ्नूहोस् :
एक समय ‘स्पेसएक्स’ बचाउन मस्कले गाडी बेचे, अहिले संसारकै मूल्यवान स्टार्टअप कम्पनी
स्पेसएक्सको वृद्धि अधिक विस्फोटक, टेस्लालाई पछि पार्ने
स्टारलिंकलाई चुनौती दिँदै चिनियाँ स्याटेलाइट प्रोजेक्ट, अरू पनि प्रतिस्पर्धामा
Copyright © 2025 Bikash Media Pvt. Ltd.