बढ्यो सार्वजनिक यातायातको भाडा, यस्तो छ नयाँ भाडादर

  २०८१ पुष २२ गते १८:१५     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा बढेको हो । यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । जसमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढेकाे जनाएको छ ।

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको हो ।

नयाँ भाडादर आजदेखि नै लागू भएको छ ।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुने गरको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तर निर्णयबाट भाडादर वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.