२०८१ पुष २३ गते १३:३० विकासन्युज
काठमाडौं । विश्वव्यापी रूपमा हृदयघातका कारण हरेक वर्ष लाखौं मानिस प्रभावित हुन्छन् । यस्तै, अन्य आकस्मिक स्वास्थ्य उपचार समयमै नपाएर धेरैको निधनसमेत हुने गरेको छ ।
अझै पनि कयौं मानिस समयमै उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्य उपचारसम्बन्धी विकास भएपनि आर्थिक रूपमा भने अझै कयौं मानिस अस्पतालसम्म जान नसक्ने अवस्थामा छन् ।
आर्थिक र स्वास्थ्यसम्बन्धी उपचारमा सहयोग पुर्याउने हेतुले सन नेपाल लाइफ इन्स्योरेन्सले सन मेडिकेयर योजना ल्याएको छ । स्वास्थ्यसम्बन्धी समस्याको समाधान गर्ने गरी कम्पनीले आपतमा राहत प्रदान गर्ने गरी सन मेडिकेयर विशेष योजना ल्याएको हो ।
यस्ता समस्याबाट अनाहकमा ज्यान गुमाउन नपरोस् भनेर कम्पनीले एक अचुक उपाय अर्थात् सन मेडिकेयर योजना ल्याएको जनाएको छ ।
आकस्मिक स्वास्थ्य समस्यालाई सन मेडिकेयर योजनाले समेट्नेछ । साथै सडक दुर्घटना, घर वा कार्यस्थलमा दुर्घटना, विषाक्तता, डुबान, गम्भीर चोटपटक, मानसिक स्वास्थ्यको समस्या, स्ट्रोक, हृदयाघात जस्ता जीवन रक्षाका घटनामा परेका व्यक्तिलाई सन मेडिकेयर योजनाले समेट्ने छ ।
यस्तै, ग्यास्ट्रोइन्टेस्टाइनल ब्लिडिङ, इलेक्ट्रिकल बर्न्स, ट्रम्याटिक ब्रेन इन्जुरी, एक्टोपिक प्रेग्नेन्सीलगायत रोगलाई यस योजनामा समेटिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त योजनामा आवद्ध भइसकेपछि दावी भुक्तानीको अनौठो विधि छ । सन मेडिकेयरले अस्पतालको बिल बमोजिम भुक्तानीभन्दा पनि अस्पतालमा भर्ना भएको आधारमा दाबी भुक्तानी प्रदान गर्ने बताएको छ ।
सस्तो, प्रभावकारी र भरपर्दो रहेको यस योजनाले वार्षिक १ हजार ३९३ रुपैयाँमा १ लाख रुपैयाँसम्मको आर्थिक राहत प्रदान गर्ने कम्पनीको भनाइ छ ।
अप्रत्यासित तथा आकस्मिक चिकित्सा खर्चको बोझ कम गर्न सन मेडिकेयर योजना साथी बन्ने कम्पनीले जनाएको छ । विश्वासिलो सेवा भएकाले सबैले सन मेडिकेयर रोज्ने कम्पनीको अपेक्षा छ ।
यस योजनाबाट आकस्मिक स्वास्थ्य समस्याहरूले वित्तीय अवस्थामा असर नगर्ने, दावी प्रक्रिया सजिलो, छिटो र पारदर्शी रहेको कम्पनीले जनाएको छ । अस्पताल खर्चको तनाव नलिई उपचारमा केन्द्रित हुने सुविधा रहेको कम्पनीको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.