२०८१ पुष २३ गते ७:१७ विकासन्युज
काठमाडौं । अमेरिकी डलरको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि पुस २१ गते खरिदर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.७८ रुपैयाँ र बिक्रीदर १७२.५३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९१ रुपैयाँ र बिक्रीदर १५२.५७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८५.८५ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६७ रुपैयाँ र बिक्रीदर ९६.०९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.६९ रुपैयाँ र बिक्रीदर १०१.१३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.३१ रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.३८ रुपैयाँ र बिक्रीदर ३०.५१ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४५ रुपैयाँ र बिक्रीदर १२.५१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६३ रुपैयाँ र बिक्रीदर १७.७० रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४४.५९ रुपैयाँ र बिक्रीदर ४४६.५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.५० रुपैयाँ र बिक्रीदर ३६५.०९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.९२ रुपैयाँ र बिक्रीदर ३५७.४८ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.