जस्मिन पेन्ट्सले ५ करोडको आइपीओ निष्कासन गर्ने

  २०८१ पुष २३ गते ९:४८     विकासन्युज

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले ५ करोड बढीको साधारण सेयर आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिसेयर अंकित मुल्य १०० रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको सेयर निष्कासन गर्ने भएको हो ।

सेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.