चीनमा भूकम्पमा ३२ जनाको मृत्यु, ३८ घाइते

  २०८१ पुष २३ गते १०:३२     विकासन्युज

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३२ जनाको मृत्यु भएको छ । साथै ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.