२०८१ पुष २३ गते ११:५४ विकासन्युज
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मंगलबार गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ३८ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सिगात्से सहरमा भूकम्पका कारण त्यहाँ ठूलो क्षति हुन सक्ने आशंका गरिएको छ । एक हजारभन्दा बढी घरमा क्षति भएकाे बताइएकाे छ ।
नेपालको राजधानी काठमाडौंसहित उत्तर भारतमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतमा रहेको थियो जहाँ ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसअघि युएसजीएसले भूकम्पको केन्द्रविन्दु नेपालको लोबुचे क्षेत्र रहेको बताएको थियो तर त्यसपछि परिवर्तन गरेको थियो ।
युएसजीएसले नेपालको खुम्बु क्षेत्रमा ४ दशमलव ८ म्याग्निच्युडका चारवटा भूकम्प पनि रेकर्ड गरेको छ ।
चीनको सरकारी च्यानल सीसीटीभीका अनुसार भारतीय समय अनुसार मंगलबार बिहान ६ बजेर ३५ मिनेटमा तिब्बतको सिगात्से सहरमा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.