नयाँ वर्षमा जुकरबर्गको भाग्य चम्कियो, कमाइमा एलन मस्कलाई उछिने

  २०८१ पुष २३ गते १३:२५     विकासन्युज

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति गत वर्ष २०३ अर्ब डलरले बढ्यो । अहिले ४३७ अर्ब डलरको नेटवर्थसहित उनी नम्बर एक स्थानमा अडिग छन् । तर नयाँ वर्षमा धेरै धनीले कमाइको मामिलामा उनीहरूलाई पछि पारेका छन् ।

मस्कको कुल सम्पत्ति यो वर्ष अहिलेसम्म ५.०५ बिलियन डलरले बढेको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका मार्क जुकरबर्ग यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने हिसाबले पहिलो स्थानमा छन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार सोमबार जुकरबर्गको कुल सम्पत्ति ८.८६ बिलियन डलरले बढेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५.४ बिलियनले बढेको छ ।

उनी २२३ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् ।

एनभीडीयाका संस्थापक जेन्सेन हुआङको कुल सम्पत्ति यस वर्ष १२.७ बिलियन डलरले बढेको छ भने चेङ्पेङ झाओको कुल सम्पत्ति ११.९ बिलियन डलरले बढेको छ ।

अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्ति यो वर्ष ७.६३ अर्ब डलरले बढेको छ र उनी २४६ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् ।

ल्यारी पेजको कुल सम्पत्ति यस वर्ष ५.९८ बिलियन डलरले बढेको छ भने सर्गेई ब्रिनको कुल सम्पत्ति ५.५८ बिलियन डलरले बढेको छ । त्यस्तै, माइकल डेलको कुल सम्पत्ति ४.५४ बिलियन डलरले बढेको छ ।

यता, मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ घटेको छ । अम्बानीको नेटवर्थ २.५९ र अडानीको नेटवर्थ ३.५३ बिलियन डलरले घटेको हो । भारतीय सेयर बजारमा सोमबार आएको गिरावटले दुबै जनाको नेटवर्थ घटेको हो ।

अडानीले यस वर्ष ४.२१ अर्ब डलर गुमाएका छन् भने अम्बानीले ११९ मिलियन डलर गुमाएका छन् । अम्बानी ९०.५ अर्ब डलरका साथ विश्वका धनी व्यक्तिको सूचीमा १७औं स्थानमा छन् भने अडानी ७४.५ अर्ब डलरसहित १९औं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.