‘क्रेटा ईभी’को इन्टेरियर सार्वजनिक, यस्ता छन् फिचर

  २०८१ पुष २३ गते १४:३५     विकासन्युज

काठमाडौं । जनवरी १७ तारिख सार्वजनिक हुने हुन्डाई क्रेटा इलेक्ट्रिकको इन्टेरियर पनि सार्वजनिक भएको छ । कम्पनीले क्रेटा ईभीको टिजर भिडियोमार्फत इन्टेरियरमा भएका फिचर सार्वजनिक गरेको हो ।

पेट्रोल क्रेटामा जस्तै क्रेटा ईभीको ड्यासबोर्डमा समान १०.२५ इन्चको दुईवटा स्कृन दिइएको छ । ड्यूल जोन क्लाइमेट कन्ट्रोल, लेभल टु एडास फिचर, अटो डिमिङ रियर भ्यू मिरर, बोसको ८ वटा स्पीकर क्रेटा ईभीमा पाउन सकिन्छ ।

रेगुलर क्रेटाभन्दा विल्कुलै फरक स्टेरिङ ह्वील ईभीमा दिइएको छ । उक्त स्टेरिङ कोना इलेक्ट्रीकबाट लिइएको हो । कोनाकै जस्तो गियर सेलेक्टर दिइएको नयाँ क्रेटामा ‘सिफ्ट वाइ वायर सिस्टम’ दिइएको छ । विभिन्न ड्राइभिङ मोड उपलब्ध ईभीमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, अटो होल्ड फङ्गसन पनि पाउन सकिन्छ ।

हुन्डाईले क्रेटा ईभीमा मोवाइल एप पनि अफर गरेको छ ।

हुन्डाईले क्रेटामा दिएको लेभल टु एडास फिचर भित्र लेनकीप एसिस्ट, फर्वाड कुलिसन वार्निङ, ब्लाइन्ड स्पट मोनिटरिङ, एडाप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर समेत छन् । यसका अलावा स्पोर्ट रियर डिस्क ब्रेक, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल एसिस्ट, टायर प्रेसर मोनिटर, ३६० डिग्री क्यामेरा, रेन सेन्सिङ वाइपर, फ्रन्ट पार्किङ सेन्सर पाउन सकिन्छ ।

क्रेटा ईभीमा ४२ र ५१ किलोवाट आवरको दुई ब्याट्री अप्सन र १०० र १२५ किलोवाट क्षमताको दुई मोटर अप्सन पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.