बढ्यो सेयर बजार, फाइनान्समा लगानीकर्ताको आकर्षण

  २०८१ पुष २३ गते १५:२६     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा पुगेको छ । पछिल्ला दिनहरूमा सेयर बजार बढिरहेको छ ।

नेप्सेका अनुसार १२६ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको भने सेयर मूल्य घटेको छ ।

आज ३०५ कम्पनीको १ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ । सिन्धुको १६ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख, साहस ऊर्जाको १४ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ९ करोड ८२ लाख र भूगोल इनर्जी डेभलपमेन्टको ९ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज अरुभन्दा फाइनान्स सेक्टरमा बढी आकर्षण देखिएको छ । सो समूह २.६५ प्रतिशतले बढेको छ । साथै व्यापार ०.५९, निर्जीवन बीमा ०.४२, माइक्रोफाइनान्स ०.४४, जीवन बीमा ०.६७, हाइड्रोपावर ०.४२, विकास बैंक ०.८० प्रतिशतले बढेको । बैंकिङ ०.२७, होटल तथा पर्यटन ०.०४, अन्य ०.१८ र उत्पादन समूह ०.२५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.