प्रोटोन ईमास सेभेन श्रृङ्खलाका गाडीहरू नयाँ ब्याट्री प्रविधिसहित चाँडै नेपाल भित्रिने

  २०८१ पुष २३ गते १७:४९     विकासन्युज

काठमाडौं । प्रसिद्ध मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको ईमास सेभेन श्रङ्खलाका गाडीहरू नेपाल भित्रिँदै छन् ।

नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स काठमाडौंमा ईमास सेभेनल श्रृंखला सार्वजनिक गर्ने तयारीमा रहेको हो ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ईमास सेभेन श्रङ्खलाका गाडीहरू भित्र्याउन उत्साहित रहेको जानकारी दिए ।

उनले भने, ‘हामी प्रोटोनको नवीन ईमास सेभेन सवारीसाधनहरू नेपालमा प्रस्तुत गर्न उत्साहित छौं । यसमा एजीईआईएस सर्ट ब्लेड ब्याट्री प्रविधि रहेको छ । यस अत्याधुनिक ब्याट्री प्रणालीले सवारीसाधनको प्रदर्शनलाई उल्लेखनीय रूपमा सुधार गर्नेछ । यसले ईमास सेभेनलाई वातावरणमैत्री मात्र नभई उच्च दक्षता र प्रदर्शनयुक्त सवारीसाधन बनाउनेछ। ‘

यो त्रैमासिकमा इमास सेभेनका साधनहरू नेपाल भित्रिन लागेका हुन् ।

प्रोटोनको ईमास सेभेन सवारीसाधनहरू टुबेल-इन-वान इलेक्ट्रिक ड्राइभ प्रणाली र उन्नत एजीईआईएस सर्ट ब्लेड ब्याट्रीले सुसज्जित छन्, जसले नेपाली अटोमोबाइल बजारमा उत्कृष्ट प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्नेछ ।

सवारीमा राखिएको एजीईआईएस सर्ट ब्लेड ब्याट्री बीस मिनेटमै चार्ज हुने कम्पनीले जनाएकाे छ ।

प्रोटोनको नेपाल प्रवेश दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति बढाउने व्यापक रणनीतिको हिस्सा हो ।

पर्यावरणीय दिगोपन र उपभोक्ता सन्तुष्टिप्रति प्रतिबद्धताका साथ प्रोटोनले क्षेत्रभरिका ग्राहकहरूका लागि उच्च गुणस्तरीय सवारीसाधनहरू प्रदान गर्न निरन्तर नवप्रवर्तन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.