२०८१ पुष २३ गते १८:३६ विकासन्युज
काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।
केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, सामाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ ।
सडक दुर्घटनाहरू बढ्दै जाँदा नेरोलेकले ‘नो हर्न प्लीज’, ‘नो स्टपिङ’, ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’ जस्ता सडक साइनबोर्डहरू प्रदान गरेको छ ।
यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाइमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ ।
सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ ।
केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरी नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.