२०८१ पुष २४ गते ६:३५ विकासन्युज
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार सम्पन्न २३औँ वार्षिक साधारण सभाले १४ प्रतिशत लाभांश गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
संस्थामा मुलुकका ७७ जिल्लाका ५४६ स्थानीय तहमा १ हजार ६९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.