२०८१ पुष २४ गते ७:१२ विकासन्युज
काठमाडौं । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.८५ रुपैयाँ र बिक्रीदर १३७.४५ रुपैयाँ तोकेको छ । यसअघि हिजो खरिदर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.४५ रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.६० रुपैयाँ र बिक्रीदर १७२.३६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.९८ रुपैयाँ र बिक्रीदर १५१.६४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.९१ रुपैयाँ र बिक्रीदर ८६.२९ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.६१ रुपैयाँ र बिक्रीदर ९६.०३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.५३ रुपैयाँ र बिक्रीदर १००.९७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६८ रुपैयाँ र बिक्रीदर १८.७६ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, थाई भाट एकको खरिददर ३.९७ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५० रुपैयाँ र बिक्रीदर ३०.६३ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४२ रुपैयाँ र बिक्रीदर १२.४७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.९३ रुपैयाँ र बिक्रीदर ४४५.८८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.०३ रुपैयाँ र बिक्रीदर ३६४.६२ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.४६ रुपैयाँ र बिक्रीदर ३५७.०२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.